बिहीबार, माघ ३, २०८१
17:16 | २३:०१

बेलायती प्रधानमन्त्रीले दिए दिवालीको शुभकामना (भिडियो सन्देश)

नेपाली लिङ्क नोभेम्बर ५, २०२१

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले एक भिडियो सन्देशमार्फत दिवालीको शुभकामना दिएका छन् । हिन्दू, शिख तथा जैन समुदायले मनाउने पर्व दीवाली र बन्दी छोरको अवसरमा प्रधानमन्त्रीले शुभकामना दिएका हुन् ।

अन्धकारमाथि उज्यालोको, अज्ञानतामाथि ज्ञानको विजयको यो पर्व महत्वपूर्ण रहेको सन्देशमा उल्लेख छ । कोरोना महामारीका बेला खोपका कारण हामीले आफ्नो जीवन सुरक्षित राख्न पाएका बताउंदै उनले महामारी अझै जारी रहेकोले सबैले सरकारको निर्देशन पालना गर्दै बुष्टर डोज लगाउन पनि आग्रह गरेका छन् ।

दिवाली शुभकामना दिन प्रधानमन्त्री जोन्सनले जारी गरेको एक भिडियो सन्देशमा ब्रिटिश हिन्दू, शिख, जैनद्वारा विगत १८ महिनाको विषम परिस्थितिमा मानिसहरुको जीवन बचाउन पुर्याएको योगदानको लागि धन्यबाद दिएका छन् ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले पनि दिवालीको अवसरमा बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो तस्विर पोष्ट गर्दै  शुभकामना दिएका छन् । अमेरिका र विश्वभर दिवाली मनाउने हिन्दू, शिख, जैन र बौद्ध धर्मावलम्बीहरुलाई उनले शुभकामना दिएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू