बिहीबार, माघ ३, २०८१
17:08 | २२:५३

यूकेमा नेपालीद्वारा सञ्चालित पीपलले जित्यो ‘बेस्ट स्टेट एजेन्ट’ अवार्ड

नेपाली लिङ्क नोभेम्बर ४, २०२१

अवार्ड ग्रहण गर्दै डाइरेक्टर सुर्यप्रकाश गुरुङ, एशोसिएट डाइरेक्टर मिलन गुरुङसहित पीपल टीम ।

लन्डन । बेलायतको नेपालीहरुमाझ स्थापित फाइनान्सियल सर्भिस कम्पनी ‘पीपल’ ले बेलायतको ‘बेस्ट स्टेट एजेन्ट अवार्ड’ जितेको छ ।  

‘बेस्ट इस्टेट एजेन्ट लेटिङ गाइड’ को ‘स्मल बिजनेस क्याटेगोरी’अन्तर्गत लेटिङ विधामा पीपलले गोल्ड अवार्ड प्राप्त गरेको हो ।

प्रोपर्टी एकेडेमी र राइटमुभद्वारा बेलायतस्थित १५ हजार स्टेट एजेन्टहरुको मार्केट एसेसमेन्टका आधारमा यो अवार्ड प्रदान गरिने पीपल ग्रुपका एशोसिएट डाइरेक्टर मिलन गुरुङले जानकारी दिए ।  

कम्पनीले सेवाग्राहीलाई उपलब्ध गराउने सुविधा, ब्राण्डिङ, ज्ञान, योग्यता र प्रोपर्टीसम्बन्धि विभिन्न अन्य सान्दर्भिक आधार समेतलाई आधारहरुलाई मध्यानजर गरी पीपललाई छनोट गरिएको उनले बताए ।  

यसअघि सन् २०१८ मा पनि  पीपलले साउथ इष्ट इंग्ल्यान्डको उत्कृष्ट स्टेट एजेन्टको ब्रोन्ज अवार्ड प्राप्त गरेको थियो ।

चेल्सीस्थित इभोलुसन लन्डनमा हालै आयोजित प्रोपर्टी बिजनेस एक्स्पो एवम् अवार्ड समारोहबीच उक्त अवार्ड वितरण गरिएको थियो । १७ औं पटक स्वर्ण पदक विजेता प्यारालिम्पियन “डेम” शेरा जोन स्टोरे ‘०८६’ ले पीपल समूहका डाइरेक्टर सुर्यप्रकाश गुरुङसहितको टीमलाई अवार्ड हस्तान्तरण गरेका थिए ।  

अवार्ड ग्रहण गरेपछि प्रसन्नता व्यक्त गर्दै पीपल समूहका डाइरेक्टर गुरुङले आफ्नो सम्पूर्ण टीम र सेवाग्राहीहरु अवार्डको हकदार रहेको बताए । अवार्डलाई आफ्नो टीमका सहकर्मी र सेवाग्राहीकै नाममा समर्पण गरेको उनले घोषणा गरे ।

बेलायतका नेपालीहरुमाझ लोकप्रिय पीपल मोर्गेजेज तथा स्टेट एजेन्ट नेपालीकै व्यवस्थापनमा सञ्चालित कम्पनी हुन् ।  

पीपलका अहिले फार्नबरो, आसफोर्ड, मेडस्टोन, लन्डन हन्सलो र स्वीन्डनमा गरी बेलायतका पाँच स्थानमा कार्यालय छन् । छैठौं शाखा बेक्सलीहिथमा खुल्ने तयारीमा छ ।

पीपलले लेटिङ्स, इन्सुरेन्स, प्रोटेक्सन, विल्स,कमर्सियल मोर्गेज, फाइनान्सियल प्लानिङलगायतका सम्पूर्ण फाइनान्सियल सेवा उपलब्ध गराउंदै आएको छ ।  

स्थापनाको छोटो समयमै पीपल मोर्गेजेजसंगै पीपल स्टेट एजेन्ट पनि उल्लेखनीय सफलता हात पार्न सफल बनेको  छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू