एनआरएनए यूके महिला विभाग गठन
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको २०२१–२३ कार्यकालका लागि महिला विभाग गठन भएको छ ।
एनआरएनए यूके महिला संयोजक बिमला लिम्बुले प्रस्तुत गरेको उपसमितिलाई गत नोभेम्बर १ मा बसेको कार्यसमितिको पूर्ण बैठकले पारित गरेको हो ।
महिला विभाग सह-संयोजकहरुमा मनीकला राई गुरुङ र आस्था जोशी छन् भने सदस्य सचिव र कोषाध्यक्षमा क्रमशः उषा चाम्लिङ राई र माया केसीलाई राखिएको छ ।
महिला विभाग सदस्यहरुमा एनआरएनए यूके इङ्ल्याण्ड राज्य परिषद सहसचिव अञ्जु कुंवर, सुमी भण्डारी, मञ्जु लिङ्दम र गीता रायमाझी छन् ।
एनआरएनए यूकेको महिला विभागका संस्थापक संयोजक संगीता मरहट्ठा (२०११–१३), पूर्व संयोजकहरु बबी लामा (२०१३–१५), सुशीला राई (२०१५–१७), लिलादेवी गुरुङ (२०१७–१९) र प्रसुना कँडेल (२०१९–२१) पाँचै जनालाई सल्लाहकार राखिएको छ ।
एनआरएनए यूके महिला विभागमा नर्दर्न आयरल्याण्ड, वेल्स् र मिडल्याण्डबाट कम्तीमा एक/एक जना प्रतिनिधि आएपछि समितिले पूर्णता पाउने संयोजक विमला लिम्बुले बताइन् ।