बिहीबार, माघ ३, २०८१
16:22 | २२:०७

स्कटल्याण्डमा देउवा-मोदी भेटवार्ता मंगलबार

रासस नोभेम्बर १, २०२१

स्कटल्याण्ड– प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।

ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति यहाँ आएका देउवाले मंगलबार बिहान मोदीसंग भेटवार्ता गर्न लागेका हुन् ।

सोही दिन प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्ने छन् ।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपालबाट शुक्रबार राति लन्डन आएका प्रधानमन्त्री देउवासँग शनिबार र आइतबार लन्डनमा विभिन्न संघसंस्थाका पदाधिकारीहरूले भेटवार्ता गर्नुका साथै देउवा विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

प्रधानमन्त्री देउवा आइतबार राति लन्डनबाट स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो आइपुगेका हुन् । अक्टोबर ३१ देखि ग्लास्गोमा सुरु भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू