बिहीबार, माघ ३, २०८१
16:07 | २१:५२

चिनियाँ राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच फोनवार्ता

रासस/एएफपी अक्टोबर ३०, २०२१

लन्डन, १२ कात्तिक– बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र चिनियाँ राष्ट्रपति सि चिनपिङबीच कुराकानी भएको छ । आसन्न ‘कोप–२६’ को पूर्वसन्ध्यामा दुई प्रभावशाली मुलुकका शीर्ष नेताहरू बीचमा टेलिफोनमा कुराकानी भएको हो ।

उनीहरूबीच जलवायु परिवर्तन र त्यसका असरहरू न्यूनीकरण गर्न ठोस् कदम चाल्नु पर्ने विषयमा कुराकानी भएको जनाइएको छ ।

विश्व व्यापार तथा आर्थिक सहकार्य, सुरक्षा, मानव अधिकारलगायतका विषयमा पनि दुई शीर्ष नेताले छलफल गरेका थिए ।

प्रधानमन्त्री जोनसोनको सचिवालयद्वारा जारी वक्तव्यमा चिनियाँ राष्ट्रपति सम्मेलनमा भौतिक रुपमा सहभागी नहुने भएकाले उनीहरुबीच फोनमा कुराकानी भएको उल्लेख छ ।

बेलायतकै आयोजनामा आगामी आइतबारदेखि ग्लास्गोमा दुई हप्ते शिखर सम्मेलन हुन लागेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू