बिहीबार, मंसिर १३, २०८१
00:45
|
०६:३०
मन्त्री झाँक्री अस्पताल भर्ना
रासस
अक्टोबर २८, २०२१
काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन् । निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पताल भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए ।
“सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन”, सहयोगी तामाङले भने, “हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो । अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ ।”
मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको उनले बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ