आइतबार, मंसिर ९, २०८१
07:18 | १३:०३

नर्दन आयरल्यान्ड र आयरल्यान्डका नेपालीले खेले मैत्रीपूर्ण फुटबल

नेपाली लिङ्क अक्टोबर २७, २०२१


लन्डन । नर्दन आयरल्यान्ड र आयरल्यान्डवासी नेपालीबीच एक मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।  

‘नेपाली कम्युनिटी नर्दन आयरल्यान्ड’ को आयोजनामा सोमबार नर्दन आयरल्यान्डस्थित डनमरी हलको मैदानमा खेल सम्पन्न भयो । 

मैत्रीपूर्ण प्रतियोगिता भएपनि निकै प्रतिस्पर्धात्मक बनेको खेल अन्तत: आयरल्यान्डले जित्यो । आयोजक नर्दन आयरल्यान्डको ४ गोलविरुद्ध पाहुना टोलीले ५ गोल स्कोर गरी विजेता बन्यो ।  

यससंगै आयरल्यान्डले नर्दन आयरल्यान्डसंगको रनिङ शिल्ड मैत्रीपूर्ण फुटबल लगातार दुईपटक जित्न सफल भएको छ ।  

सोही अवसरमा मनोरञ्जनका लागि ३५ वर्ष माथिको उमेर समूहमा पनि दुवै समूहबीच खेल खेलाइएको थियो । जुन खेल पनि आयरल्यान्डकै खेलाडीले जितेका थिए   

विजेता तथा सहभागी खेलाडीहरुलाई आयोजक नेपाली कम्युनिटी नर्दन आयरल्यान्डका अध्यक्ष अब्जन आचार्य र प्रमुख अतिथि एनआरएनए आयरल्यान्डका अध्यक्ष मिलन छन्त्याललगायतले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यसअघि अब्जन आचार्यको नेतृत्वमा केही साताअघि निर्वाचित नेपाली कम्युनिटी नर्दन आयरल्यान्डको नयाँ कार्यसमितिले मैत्रीपूर्ण  फुटबल आयोजना गरेको थियो । कार्यक्रमका लागि स्थानीय दर्जन बढी रेष्टुरेन्टले प्रायोजन गरेका थिए ।  

कार्यक्रमबाट ७ सय पाउन्ड बराबरको कोष जम्मा भएको कम्युनिटीका कोषाध्यक्ष तुल्सीराम पौडेलले बताए । जसबाट खर्च कटाएर बांकी रकम संस्थाको खातामा जानेछ ।  

कम्युनिटीले कोष संकलनको उद्धेश्य राखेर खेलस्थलमा म:म स्टल समेत उपलब्ध गराएको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू