बिहीबार, माघ ३, २०८१
13:13 | १८:५८

बेलायती बजेट आउंदै, न्यूनतम ज्याला वृद्धि हुने

नेपाली लिङ्क अक्टोबर २६, २०२१

लन्डन । आउँदो वर्ष अप्रिलबाट बेलायतका कामदारहरुको न्यूनतम ज्याला वृद्धि गरिने भएको छ । 

२३ वर्ष भन्दा माथि उमेर भएकाले न्यूनतम ९ पाउण्ड ५० पेन्स प्रति घन्टा ज्याला पाउनेछन् । यसअघिको न्यूनतम ज्याला ८ पाउण्ड ९१ पेन्स थियो । 

न्यूनतम ज्याला वृद्धि भएसंगै पूरा समय काम गर्ने कामदारले एक वर्षमा एक हजार ७४ पाउण्ड बढी रकम पाउनेछन् ।

२१ देखि २२ वर्ष उमेरकालाई पनि राष्ट्रिय न्यूनतम ज्याला ९ पाउण्ड १८ पेन्स गर्ने तयारी भएको छ । यसअघि उनीहरुले ८ पाउण्ड ३६ पेन्स पाउँदै आएका थिए । 

यसको घोषणा अर्थमन्त्री ऋषि सुनाकले यसै हप्ताको दोस्रो बजेटमार्फत गर्ने बताइएको छ । सुनाकले  बुधबार १२:३० मा दोस्रो बजेट प्रस्तुत गर्नेछन् ।

बजेटमा धेरै आर्थिक सहयोग कटौती हुने अनुमान गरिएको छ । आगामी अप्रिलबाट वार्षिक ९ हजार ५६८ भन्दा बढी आम्दानी गर्ने ब्रिटिश नागरिकहरुको नेशनल इन्स्योरेन्स १२ बाट १३ प्रतिशत पुरयाइनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू