सेनाको बस विस्फोट हुँदा १३ को मृत्यु
दमासकस । सिरियाको राजाधानी दमासकसमा सैनिकहरु चढेका एक बसलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यसवर्ष शुरुवातपछि यो सवभन्दा खतरनाकपूर्ण आक्रमणको घटना भएको साना समाचार समितिले जनाएको छ ।
राजधानीको एउटा प्रमुख पुलमा दुई विस्फोटक पदार्थ प्रयोग गरी आतंककारीहरुले सैनिक बसलाई लक्ष्यगरी गराएको बम विष्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु हनुको साथै अन्य तीन जना घाइते भएका जनाएको छ । दमासकसमा हालैका वर्षहरुमा केही हदसम्म हिंसा कम भएको थियो ।
इस्लामिक स्टेट्स (आइएस) जिहादी समूहले २०१७ को मार्चमा जस्टिस प्यालेसलक्षित बम विस्फोट गराएपछि कम्तीमा ३० जना मारिएका घटनापछि राजधानीमा भएको यो सबैभन्दा घातक आक्रमण हो । यस बम आक्रमणको हाल कुनै पनि समूहले जिम्मेवारी लिएको छैन् । तर, विगतमा यस्ता हमलाहरुको आईएस जिहादी समूहले दाबी गर्ने गरेका थिए ।
दशकौं पुरानो युद्ध सकिएको र पुनर्निर्माण प्रयासलगायत लगानी परियोजनाहरु शुरू गर्न को लागी स्थिरताको ग्यारेन्टी गरेको सरकारलाई पछिल्लो बम विष्फोटले चुनौती दिएको छ । राष्ट्रपति बशर अल असदको सरकारले आफूलाई अन्तराष्ट्रिय स्तरबाट अलग भएको यस अवस्थालाई बाहिर निकाल्ने कोशिस गरिरहनु भएको छ र हालैका महिनाहरुमा यसमा प्रवेश पाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५