आइतबार, माघ ६, २०८१
19:26 | ०१:११

भारतमा कोरोनाका सक्रिय संक्रमित ०.५६ प्रतिशतमात्र

रासस-एएनआई अक्टोबर १८, २०२१

नयाँ दिल्ली, १ कात्तिक–पछिल्लो एक दिनमा भारतमा १९ हजार ५८२ जना कोरोना भाइरस संक्रमित यस रोगबाट मुक्त भएका परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय संक्रमित कूल संक्रमित ०.५६ प्रतिशत मात्र रहेको सोमबार प्राप्त समाचारमा जनाइएको छ ।

मन्त्रालयले सोमबार दिएको समाचारअनुसार हाल कोरोनाबाट निको भएकाहरु कूल कोरोना संक्रमितको ९८.१२ प्रतिशत छ । यसैसँगै भारतमा अहिलेसम्म कोरोनामुक्त सङ्ख्या तीन करोड ३४ लाख ३९ हजार ३३१ पुगेको सो मन्त्रालयले जनाएको छ ।

भारतमा पछिल्लो एक दिनमा १३ हजार ५९६ जना थप व्यक्तिमा कोरोनाभाइरस संक्रमण भएको छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या तीन करोड ४० लाख ८० हजार भन्दा बढी पुगेका छन् ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या भने १ लाख ८९ हजार पुगेको अधिकारीले जनाएका छन् । यो संख्या २२१ दिन यताको सबैभन्दा कम भएको समाचारमा जनाइएको छ ।

यसैसँगै भारतमा कोरोना शुरु भएयता अहिलेसम्म कुल चार लाख ५२ हजार ९३१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू