बिहीबार, माघ ३, २०८१
10:48 | १६:३३

एनआरएनए महासचिव शर्मालाई कोरोना संक्रमण

नेपाली लिङ्क अक्टोबर १६, २०२१

लन्डन  । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्मालाई कोरोना संक्रमण पुष्टि  भएको छ । आफूलाई कोरोना पुष्टि भएको सामाजिक संजालमार्फत उनले जानकारी गराएका हुन् । कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेका शर्माले अक्सिजनको मात्रा सामान्य रहे पनि टाउको दुख्ने र आँखा पोल्ने जस्ता समस्या रहेको बताए । सामान्य लक्षण देखिएपछि पीसिआर परीक्षण गर्दा बिहीबार उनलाई कोरोना पोजिटिभ भएको पुष्टि भएको थियो ।

बेलायतको लिभरपुल युर्निभरसिटीमा बरिष्ठ प्राध्यापकको रुपमा कार्यरत डा. शर्माले कोरोना महामारीपछि पहिलो पटक भौतिक रुपमा क्लास लिएका थिए । दुवै डोज खोप लगाइसकेका कारण संक्रमण हुने ख्याल नगरेका कारण पनि आफू संक्रमित भाको भन्दै उनले दशैँ मनाउँदा सावधान रहन आग्रह गरेका छन् ।

यसपटक लन्डनमा दशैं मनाउने सपना अधुरै रहेको उनले फेसबुक स्टाटसमा लेखेका छन् । ‘दशैंको निउमा छरछिमेकमा भेटघाट चलेको थियो, यो बीचमा मसंग सम्पर्कमा आउनु भएका सबै जनालाई पिसीआर टेष्ट गर्न अनुरोध गर्दछु’ शर्माले उल्लेख गरेका छन् ।

शर्माले  गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा उपाध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । बेलायतमा पछिल्लो समयमा कोरोना संक्रमण तीव्र रुपमा बढेको छ । यहाँ दैनिक संक्रमण  ४० हजार भन्दा बढी रहँदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू