आइतबार, माघ ६, २०८१
19:27
|
०१:१२
नाइजेरियामा सेनाको कारबाहीमा साढे २ सय बन्दुकधारी मारिए
रासस-सिन्ह्वा
अक्टोबर १५, २०२१
नाइजेरिया । नाइजेरियामा सेनाको कारबाहीमा पछिल्लो एक महिनामै करिब साढे दुई सय हतियारधारी मारिएका छन् ।
सेनाले सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु आफ्नो कारबाहीमा परी मारिएका जनाएको छ ।
नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारीहरु मारिएका जनाइएको छ । अबुजामा बिहीबार गराइएको पत्रकार सम्मेलनमा सेनाले अरु ६ सय जना भन्दा बढीलाई पक्राउ गरिएको जनायो । उनीहरुलाई देशका विभिन्न कारागारमा राखिएको पनि बताइएको छ ।
यस कारबाहीलाई यहाँको सेनाले एक सफल सैन्य कारबाही भनेको छ । नाइजेरियाको उत्तरपूर्वी विभिन्न स्थानमा अज्ञात हतियारधारीहरुले नागरिकको हत्या गर्ने गर्दछन् ।
सेनाले महिना दिन यता गरेको कारबाहीमा ती बन्दुकधारीहरुबाट ठूलो संख्यामा हतियार पनि बरामद गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५