बिहीबार, माघ ३, २०८१
09:43 | १५:२८

लन्डनमा सोलिसिटर तिगेलाको ‘गोर्खा सोलिसिटर्स फर्म’ उद्घाटन

नेपाली लिङ्क अक्टोबर ६, २०२१


लण्डन । लन्डनमा सोलिसिटर उत्तरमान तिगेलाले सञ्चालनमा ल्याएको ‘गोर्खा सोलिसिटर्स’ फर्मको औपचारिक उद्घाटन गरिएको छ ।  

लन्डनको हन्स्लोस्थित फर्मको गत आइतबार एक समारोहबीच स्थानीय हन्स्लो बरोका मेयर विष्णु गुरुङले उद्घाटन गरे ।  

पूर्व गोर्खाहरुको बाक्लो बसोबास रहेको बेलायतमा गोर्खाकै सन्तानबाट सञ्चालनमा आएको यो पहिलो सोलिसिटर फर्म हो ।  

फर्म उद्घाटनपछि शुभकामना दिंदै मेयर गुरुङले गोर्खा सोलिसिटर्स फर्मले नेपाली तथा गैर नेपालीलाई गुणस्तरीय कानूनी सेवा प्रदान गर्न सफल हुने विश्वास व्यक्त गरे   

गोर्खाहरुको मुद्घामा लामो अनुभव संगालेका चर्चित ब्यारिष्टर राफेल जेसुरुम, ब्यारिष्टर देबेन्द्र श्रेष्ठ, सोलिसिटरहरु दिपक भट्टराई, विपिन रेग्मी र अमर गुरुङले पनि शुभकामना मन्तव्य राखेका थिए ।  

त्यस अवसरमा गोर्खा सोलिसिटर्स लिमिटेडका डाइरेक्टर तथा प्रिन्सिपल सोलिसिटर उत्तरमान तिगेलाले उपस्थित कानून व्यवसायी एवम् समुदायका प्रतिनिधिहरुलाई स्वागत गरेका थिए । उनले गोर्खा सोलिसिटर्स फर्मले प्रदान गर्ने सेवाबारे संक्षिप्त जानकारी गराउंदै आफ्नो फर्ममा आबद्ध टिम मेम्बरहरुको परिचय गराएका थिए 

गोर्खा सोलिसिटर्सको औपचारिक उद्घाटन अहिले भएपनि फर्मले गत मे महिनादेखि नै आफ्नो कार्यालय स्थापना गरी कानूनी सेवा दिंदै आएको थियो । 

लण्डनको हिथ्रो एयरपोर्टनजिक हन्स्लो शहरमा खोलिएको सोलिसिटर्स फर्मले गोर्खा तथा नेपालीहरुका साथै स्थानीय समुदायलाई पनि सेवा उपलब्ध गराउने जनाइएको छ । फर्मका प्रिन्सिपल सोलिसिटर तिगेला विगत दुई दशकदेखि विभिन्न फर्महरुमार्फत् कानूनी सेवामै सक्रिय रहंदै आएका छन् ।  

गोर्खा सोलिसिटर्सले आफ्नो वेवसाइटबाट समेत सम्पर्क गरेर सेवा लिन सकिने जनाएको छ । सोलिसिटर्स फर्मलाई टेलिफोन नम्बर ०२०३९३००८८१ वा इमेल [email protected] मा पनि सम्पर्क राख्न सकिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू