आइतबार, माघ ६, २०८१
00:01 | ०५:४६

रुसमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

रासस/सिन्ह्वा अक्टोबर ५, २०२१

तस्बिर एपी

मस्को, १९ असोज– रुसमा कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८९५ जनाको मृत्यु भएको छ ।

यो सङ्ख्या रुसमा कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै अहिलेसम्मकै सबैभन्दा धेरै भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

उनीहरूका अनुसार रुसमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल संख्या दुई लाख ११ हजार ६९६ पुगेको छ ।

त्यसैगरी पछिल्लो एक दिनमा २५ हजार ११० जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । योसँगै कूल संक्रमितहरूको संख्या ७६ लाख ३७ हजार ४२७ पुगेको छ ।

अधिकारीहरूका अनुसार रुसमा अहिलेसम्म भाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरूको सङ्ख्या ६७ लाख ५९ हजार ५९ रहेको छ । तीमध्ये १८ हजार ५६८ जना पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका हुन् ।

रुसमा अहिले पनि दैनिक नयाँ संक्रमितहरूको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाहरूको संख्या कम भएको छ । त्यसैले सक्रिय संक्रमितहरूको संख्यामा वृद्धि हुँदै गएको छ ।

नयाँ संक्रमितहरूको संख्या केन्द्रीय राजधानी मस्कोमा बढेको पनि अधिकारीहरूले जनाएका छन् ।

संक्रमित र मृतकहरूको संख्या बढ्दै गएपछि रुसमा फेरी कोरोनाभाइरसको महामारीले पार्ने चिन्ता थपिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू