मुद्दा लम्बिंदा म्यानमारकी नेत्री सुकीको स्वास्थ्य गम्भीर
याङ्गुन । म्यानमारकी निष्कासित नेत्री आङ सान सुकीको स्वास्थ्यका कारण बारम्बार अदालत उपस्थित हुदाँ पीडा भएको उनका वकिलले बताएका छन् । देश अशान्तिमा फसेको भन्दै ‘कू’ गरेको सैनिक सरकार जुन्ताले सुकीलाई हिरासतमा लिएको चार महिनापछि जुन महिनाबाट मुद्दा चलाएको थियो । ७६ वर्षीया बृद्धा सुकीलाई देशद्रोहदेखि अवैध रूपमा वाकीटकी आयात गरेकालगायतका आरोप लगाइएको छ ।
सुकीले आफ्नो स्वास्थ्यका कारण हप्ता एक दिनको सट्टा हरेक दुई हप्तामा सुनुवाइका लागि निवेदन दिएको उनका वकिल खिन माउङले बताए । न्यायाधीशले उनको अनुरोधमा अर्को हप्ता निर्णय लिने वकिल माउङले बताए ।
गत हप्ता उनीविरुद्ध भ्रष्टाचारको नयाँ आरोप लगाइएपछि नोबेल पुरस्कार विजेता सुकीलाई सेनाले राजधानी घोषणा गरेको शहर नेपिडाउको अदालतमा उपस्थित हुनुपर्ने भएको छ ।
विद्रोह भएको आठ महिनापछि जुन्ता फौज र कू विरोधीहरु बीचको झडप बढ्दै गएको छ । एक स्थानीय अनुगमन समूहकाअनुसार सुरक्षाबलले विद्रोहपछि एक हजार १०० भन्दा बढी नागरिकको हत्या गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५