आइतबार, माघ ६, २०८१
00:14 | ०५:५९

इन्डोनेसियाले विदेशी पर्यटकलाई खुल्ला गर्ने 

रासस-सिन्ह्वा अक्टोबर ४, २०२१

तस्बिर एपी

जाकार्ता । कोरोनाभाइरसको महामारीका कारण बन्द भएको पर्यटन आवागमन इन्डोनेसियामा पनि सुरु हुन लागेको छ ।

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पर्यटकीय क्षेत्र बालीमा विदेशी पर्यटकहरुलाई भ्रमणका लागि आउन अनुमति दिन लागिएको हो ।

अन्तर्राष्ट्रिय उडानबाट बाली आउन चाहनेहरुलाई आगामी अक्टोबर १४ देखि खुल्ला गरिने अधिकारीहरुको भनाइ छ ।

दक्षिण कोरिया, चीन, जापान, न्यूजिल्यान्डसँगै यूएई, दुबईलगायत देशका पर्यटकहरुलाई स्वागत गर्न लागिएको अधिकारीहरुले जनाएका छन् ।

भ्रमणका लागि आउनेहरुलाई अनुमति दिनु पूर्व इन्डोनेसियाको होटलमा कम्तीमा आठ दिन “बुकिङ गरेको प्रमाण देखाउनु पर्ने व्यवस्था गरिएको छ । त्यो अवधिमा क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरिएको हो ।

त्यसैगरी पर्यटकहरुले स्वास्थ्य परीक्षण गरी निरोगी भएको वा कोरोनाभाइरसबाट संक्रमित नभएको प्रमाण पनि पेस गर्नुपर्ने सर्त राखिएको छ ।

सरकारले स्वदेशी तथा विदेशी सबैलाई सामाजिक दूरी कायम गर्न, मास्क लगाउन र अन्य स्वास्थ्य सतर्कताहरु अपनाउन पनि सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू