बिहीबार, माघ ३, २०८१
07:48 | १३:३३

बेलायतमा संक्रमितको संख्या घटेन

रासस/सिन्ह्वा अक्टोबर २, २०२१

लण्डन, १६ असोज– बेलायतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्यामा कमी आएको छैन् ।

सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ५७७ जना एकै दिनमा संक्रमित भएका छन् ।

बेलायतमा अहिलेसम्म कुल ७८ लाख ४१ हजार ६२५ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण मात्रै १२७ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३६ हजार ७८९ जनाको मृत्यु भएको छ ।

बेलायतमा कोरोनाभाइरसबाट संक्रमित भएका मध्ये छ हजार ७३३ जना अझै पनि अस्पतालमै उपचाररत छन् ।

बेलायतका १६ वर्ष माथिका झण्डै ९० प्रतिशतले पहिलो खोप र ८२ प्रतिशतले दुवै खोप लगाएका छन् ।

धेरैले खोप लगाएकाले बेलायतसँगै चीन, जर्मनी, रुस, अमेरिकालगायतका धेरै देशमा दैनिकी सामान्य हुँदै गएको छ । तर, तीमध्ये कतिपय देशमा महामारी फैलिइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू