नेपालमा संक्रमणमुक्त हुने दर ९६.३ प्रतिशत
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले १४ हजार ५४१ मा कोरोना परीक्षण गर्दा एक हजार १५७ मा संक्रमण पुष्टि भएको जानकारी दिए ।
आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १८ हजार १९३ पुगेको छ । उनका अनुसार ५०० बढी संक्रमित भएका जिल्ला नौ र २०० बढी संक्रमित भएका जिल्ला १९ छन् ।
सो अवधिमा एक हजार ११३ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने सात लाख ६४ हजार ८४७ छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९६.३ प्रतिशत छ । संक्रमणका कारण सो अवधिमा आठ जनाको मृत्यु भएको छ ।
हालसम्म संक्रमणबाट ११ हजार १२३ को मृत्यु भइसकेको छ । हाल देशभर ३५४ जना सघन उपचार कक्ष (आइसीयू), ९९ भेन्टिलेटर, १६ हजार ८७८ होम आइसोलेशन, एक हजार ३१५ जना संस्थागत आइसोलेशन र २४४ जना क्वारेन्टिनमा छन् । आज दुई लाख ८६ हजार १४५ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
हालसम्म नेपालमा ७२ लाख १४ हजार ७४२ ले पहिलो मात्रा र ६२ लाख ३८ हजार एकले पूण मात्राको खोप लगाएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५