बिहीबार, माघ ३, २०८१
08:07 | १३:५२

बेलायतमा संक्रमण उच्च, एकैदिन ३४ हजार नाघ्यो

रासस-सिन्ह्वा सेप्टेम्बर २९, २०२१

लण्डन–बेलायतमा मंगलबार एकै दिनमा ३४ हजार जना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । गएको २४ घन्टामा ती संक्रमितहरु थपिएका समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार यहाँ मंगलबार मात्र ३४ हजार ५२६ जना संक्रमित भेटिएका थिए । अघिल्लो दिन यहाँ ३७ हजार जना संक्रमित पाइएको बताइएको थियो । तर मंगलबार भने ३४ हजार जनामा झरेको पाइएको छ ।

तर बेलायतका अधिकारीहरुले भने यहाँ हरेक दिन संक्रमितहरु बढ्दै गएको बताएका छन् । मंगलबार सो संख्या केही कमी आएको हो ।

त्यसैगरी यहाँ गएको २४ घण्टा यतामात्र १६७ जनाको यो संक्रमणबाट मृत्यु भएको पनि बताइएको छ । थपिएको यो मृत्युसँगै यहाँ यो संक्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार ३७५ जना पुगेको छ ।

यहाँ अहिलेसम्म ७७ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । लन्डनमा कोभिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुले यहाँ पछिल्ला केही दिनयता संक्रमितहरु थपिने र मृत्युको संख्या पनि बढ्न थालेको जनाएका छन् । उनीहरुले यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी संक्रमितहरु थपिने गरेका जानकारी दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू