शुक्रबार, मंसिर १४, २०८१
00:53 | ०६:३८

जापानमा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प 

रासस-सिन्ह्वा सेप्टेम्बर २९, २०२१

टोकियो । जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्निच्यूडको भूकम्प आएको हो ।

जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् ।

स्थानीय समयअनुसार बेलुका ५.३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ ।

भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू