नेपालमा संक्रमण दर ओरालो लाग्ने क्रम जारी
काठमाडौँ । नेपालमा पछिल्लो समयमा कोरोना संक्रमण दर निरन्तर ओरालो लाग्दै गएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ९५३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा ९५३ मा संक्रमण देखिएको हो ।
हाल देशभर सक्रिय संक्रमित १९ हजार ७०० छन् । पछिल्लो २४ घण्टामा एक हजार ३७१ ले संक्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल सङ्ख्या सात लाख ५९ हजार ८७५ छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६.१ प्रतिशत छ । यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा छ जनाको ज्यान गएको छ ।
अहिलेसम्म संक्रमणबाट ११ हजार ८७ को निधन भइसकेको छ । हाल देशभर ३६३ सघन उपचारकक्ष (आइसीयू), १०९ भेन्टिलेटर, १८ हजार ३४० होम आइसोलेशन, एक हजार ३६० संस्थागत आइसोलेशन र २३७ क्वारेन्टिनमा छन् ।
पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोप दुई लाख १६ हजार ७२५ जनाले लगाएका छन् । अहिलेसम्म ६५ लाख २८ हजार ३९२ ले पहिलो मात्रा र ६० लाख १४ हजार ९४१ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५