आइतबार, माघ ६, २०८१
03:26 | ०९:११

दिल्लीस्थित एक अदालतमा गोली चल्दा ‘ग्याङ्गस्टार’सहित चारको मृत्यु  

रासस-एएफपी सेप्टेम्बर २४, २०२१

नयाँ दिल्ली– भारतका ‘चर्चित ग्याङ्गस्टार’ जितेन्द्र मान गोगीलाई अदालतमा पेश गर्नुअघि राजधानी नयाँदिल्लीस्थित रोहिणी अदालतमा गोली चलेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

गोली लागेर गोगीको मृत्यु भएको छ भने प्रतिक्रियामा सुरक्षाकर्मीले चलाएको गोली लागि तीन आक्रमणकारीको पनि मृत्यु भएको रोहिणी अदालतका एक अधिकारीले बताए । आक्रमणकारी वकिलको भेषमा आई एक्कासी गोगीलाई लक्षित गरेर गोली चलाएका थिए ।

घटनामा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् । प्रहरीको स्पेशल सेलले दुई वर्षअघि पक्राउ गरेर तिहाड जेलमा राखेका गोगीको मुद्दामा शुक्रबार पेशी परेपछि रोहिणी अदालत ल्याइएको थियो ।

गोगीले अपराध गरेर अकुत सम्पत्ति कमाएको दिल्ली प्रहरीको दाबी छ । उनकोसञ्जालमा ५० भन्दा बढी व्यक्ति रहेका र उनीहरूले मानिसहरूलाई धम्क्याउने, चन्दा संकलन गर्ने र आतंकित पार्नेजस्ता अवाञ्छित क्रियाकलाप गर्ने गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू