नेपालमा थपिए एक हजार २३९ संक्रमित
काठमाडौँ –नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २३९ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार २४३ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा संक्रमण दर १९.१ प्रतिशत छ । योसँगै हाल देशभर सक्रिय संक्रमित २० हजार ७४३ जना छन् । त्यस्तै ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला २० छन् ।
अहिले ५०० भन्दा बढी संक्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की र रुपन्देही छन् । पछिल्लो २४ घण्टामा एक हजार ३२४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल सङ्ख्या सात लाख ५६ हजार ९५४ पुगेको छ ।
नेपालमा संक्रमणमुक्त हुने दर ९६ प्रतिशत छ । सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ७२ जनाको निधन भइसकेको छ ।
हाल देशभर ३४० सघन उपचार कक्ष, १११ भेन्टिलेटर, १९ हजार ४३७ होम आइशोलेसन, एक हजार ३३४ संस्थागत आइशोलेसन र २४६ जना क्वारेन्टिनमा छन् । आज एक लाख ३८ हजार ३८५ जनाले खोप लगाएका छन् ।
अहिलेसम्म पहिलो मात्रा ६२ लाख ९३ हजार ८९ र पूर्ण मात्रा ५८ लाख ६० हजार ९२९ जनाले लगाइसकेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५