आइतबार, माघ ६, २०८१
03:29 | ०९:१४

रविना थापाले एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै

नेपाली लिङ्क सेप्टेम्बर २२, २०२१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) को आसन्न निर्वाचनको लागि अध्यक्षकी प्रत्यासी रविना थापाले औपचारिक रुपमा उम्मेदवारी घोषणाको तयारी गरेकी छन् । आगामी अक्टोवर २० तारिख हुने निर्वाचनको लागि भोलि बिहीबार (२३ सेप्टेम्वर) काठमाण्डौंस्थित याक एण्ड यति होटलबाट आफ्नो उम्मेदवारी घोषणा गर्न लागेकी हुन् ।

कांग्रेस नेताहरुको शुभेच्छा आफूलाई रहेको बताउंदै उनले नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी घोषणा गर्न लागेको बताएकी छन् । अमेरिका निवासी थापाले अध्यक्षका प्रत्यासीद्वय डा. बद्री केसी र कुल आचार्यसंग प्रतिस्पर्धा गर्ने भएकी छन् । गत अधिवेशनमा उपाध्यक्षहरुमध्ये सबैभन्दा बढी र अध्यक्ष भन्दा पनि बढी मत ल्याउन सफल थापाले संघको इतिहासकै पहिलो महिला नेतृ बन्ने बताएकी छन् ।

गैरआवासीय नेपाली संघकी उपाध्यक्ष समेत रहेकी थापाले नागरिकताको निरन्तरता, सम्पति माथिको अधिकार, नयाँ पुस्ता, नेपालमा लगानी, विदेशबाट मताधिकार लगायतका अजेण्डासहित आफ्नो घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेकी छन् ।

संघको १० औं महाधिवेशनमा नेतृत्वको लागि वर्तमान उपाध्यक्ष डा. बद्री केसी र कुल आचार्यले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् । आचार्य समूहले परराष्ट्र मन्त्रालयमार्फत निर्वाचन प्रकृया रोकेपछि थापाले असन्तुष्टी जनाउदै आएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू