आइतबार, माघ ६, २०८१
03:22 | ०९:०७

भारतमा सक्रिय संक्रमितको संख्या छ महिनायताकै कम

रासस-एएनआई सेप्टेम्बर २२, २०२१

नयाँ दिल्ली  । भारतमा संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या छ महिना पछिकै सवैभन्दा कम भएको छ । सरकारी अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार अहिले भारतमा संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या तीन लाख एक हजार ९८९ पुगेको छ ।

यो सङ्ख्या १८६ दिनपछिकै सवैभन्दा काम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतमा सक्रिय संक्रमितहरुको सङ्ख्या पछिल्लो समय लगातार घट्दै गएको छ । दैनिक नयाँ सङ्क्रमितभन्दा दैनिक संक्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी हुदै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो ।

पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ९६४ जना नयाँ सङ्क्रमितहरु थपिएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । सोही अवधिमा ३४ हजार १६७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको देखिएको अधिकारीहरुले जनाएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कुल तीन करोड २७ लाख ८३ हजार ७४१ जना संक्रमणमुक्त भएका छन् । भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख ४५ हजार ७६८ जनाको मृत्यु भएको छ । ती मध्ये ३८३ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू