आइतबार, माघ ६, २०८१
03:13
|
०८:५८
अन्तरिक्ष स्टेसनमा ९० दिन बसेर सकुशल फर्किए चिनियाँ अन्तरिक्षयात्री
रासस/एपी
सेप्टेम्बर १७, २०२१
बेइजिङ, १ असोज–सबैभन्दा लामो मिसनमा रहेको चीनको पहिलो अन्तरिक्ष स्टेसनमा ९० दिनको बसाईपछि शुक्रबार तीन जना चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किएका छन् ।
नी हाइशेङ, लिउ बोमिङ र ताङ होङबो रहेको अन्तरिक्षयान बिहीबार बिहान अन्तरिक्ष स्टेशनबाट छुटेको थियो । यान शेन्जाउ–१२ अन्तरिक्ष यानमा शुक्रबार करिब १:३० बजे अवतरण गरेको छ ।
चिनियाँ राष्ट्रिय टेलीभिजन (सीसीटीभी) ले गोबी मरुभूमिमा अवतरण गर्दै गरेको प्याराशुटिङको फुटेज प्रशारण गरी यानको सफल अवतरण भएको जानकारी गराएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५