बिहीबार, माघ ३, २०८१
04:57 | १०:४२

बेलायतभर तीजको रमझम (तस्विरहरु)

नेपाली लिङ्क सेप्टेम्बर १०, २०२१

लन्डन । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज  बेलायतवासी नेपाली महिलाहरुले पनि मनाएका छन् ।  

बिहीबार साउथ इष्ट लन्डन, अल्डरसट, लन्डन अल्पर्टन, साउथ हल, मिडल्यान्डसहित नेपालीको बाक्लो बसोबास रहेका विभिन्न क्षेत्रमा उनीहरु भेला भएर नाचगान एवम् पूजाआजा गर्दै तीज मनाए ।  

कोभिडका कारण गत वर्ष सामूहिक रुपमा तीज मनाउन नपाएका महिलाहरुले यसपटक भने जमघटसहित तीज मनाए । तर यस वर्षका तीज कार्यक्रमहरुमा कोभिड संक्रमणको त्रासले विगतका वर्षहरुमा जस्तो उल्लेख्य सहभागिता देखिएन ।  

साउथ इष्ट लन्डनस्थित पशुपतिनाथ मन्दिरले वर्षेनी गर्दै आएको तीज विशेष कार्यक्रम बिहीबार एशिएन कम्युनिटी सेन्टरमा सम्पन्न भयो । लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल प्रमुख अतिथि रहेको कार्यक्रममा स्थनीय महिलाहरुले पूजाआजा एवम् रमाइलो नाचगान गरे ।  

त्यस्तै, अल्डरसटको शिव मन्दिर, साउथ हल राममन्दिर, अल्पर्टन हिन्दू मन्दिर लगायतमा पनि तीजको नाचगान र पूजाआजा गरियो ।  

बेक्स्ली नेपाली समाज बेक्स्ली, हेल्पिङ ह्यान्ड्स समूह यूके, नेप्लिज कम्युनिटी नर्दन आयरल्यान्ड लगायतका संस्थाले पनि आ-आफ्नो क्षेत्रमा तीज विशेष कार्यक्रम गरी सामूहिक रुपमा तीज मनाए ।  

लन्डनस्थित नेपाली दूतावासले तीजको अवसरमा गर्दै आएको कार्यक्रम भने कोभिडका कारण यसपटक आयोजना गरिएन ।  

बेलायतका विभिन्न क्षेत्रमा तीजको रमझम् तस्विरमा: 

साउथ इष्ट लन्डनमा पशुपथिनाथ मन्दिरको कार्यक्रम

साउथ इष्ट लन्डनमा पशुपथिनाथ मन्दिरको कार्यक्रम

बेक्स्ली नेपाली समाजको कार्यक्रम

अल्डरसटको शिव मन्दिर

नर्दन आयरल्यान्डमा नेप्लिज कम्युनिटीको कार्यक्रम

तस्विर- शिव भण्डारी/ मिलन तमु/गुणदेव घिमिरे 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू