बिहीबार, माघ ३, २०८१
03:00 | ०८:४५

बेलायतमा एकैदिन ४२ हजार बढी नयाँ संक्रमित    

रासस-सिन्ह्वा सेप्टेम्बर ४, २०२१

लण्डन–बेलायतमा कोरोना भाइरसका थप ४२ हजार नयाँ संक्रमित थपिएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या ६९ लाख चार हजार ९६९ पुगेको अधिकारीले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा १२१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या भने एक लाख ३३ हजार ४१ पुगेको छ । बेलायतमा संक्रमितको सङ्ख्या बढेपछि उच्च सतर्कताका लागि फेरि जोड दिन थालिएको छ । सरकारले खोपका लागि सबैलाई आह्वान गरिरहेको छ भने बालबालिकालाई पनि खोप लगाउने गृहकार्य भइरहेको छ ।

विज्ञले १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउनु उपयुक्त हुने सुझाव दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू