आइतबार, माघ ६, २०८१
06:39 | १२:२४

भारतमा ६७.७२ करोडले पाए खोप

रासस/एएनआई सेप्टेम्बर ४, २०२१

तस्बिर- एएफपी

नयाँ दिल्ली, १९ भदौ–भारतमा अहिलेसम्म कोरोनाभाइरस विरुद्धको खोप ६७.७२ करोडले लगाएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले अहिलेसम्म खोप लगाएका हुन् ।

तीमध्ये ५८ लाख ८५ हजार जनाले पछिल्लो २४ घण्टामा मात्रै खोप लगाएको उनीहरुको भनाइ छ । खोप लगाएका मध्ये एक करोड तीन लाख ६० हजार २४८ जना स्वास्थ्यकर्मी रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो एक दिनमा ३६ हजार ३८५ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । यो सङ्ख्या ९७.४३ प्रतिशत हो ।

भारतमा अहिलेपनि चार लाख पाँच हजार ६८१ जना संक्रमित अवस्थामै छन् । सक्रिय संक्रमितको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । दैनिक नयाँ संक्रमितको सङ्ख्याभन्दा दैनिक संक्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले सक्रिय संक्रमितको सङ्ख्या बढ्दै गएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ६८२ जना नयाँ सङ्क्रमित थपिँदा ३६ हजार ३८५ जना मात्रै कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू