आइतबार, माघ ६, २०८१
23:14
|
०४:५९
सांस्कृतिक सम्पदा पुनःनिर्माण गर्न भारतबाट ४ अर्ब २० करोड अनुदान
रासस
सेप्टेम्बर ३, २०२१
काठमाडौं । भूकम्पले भत्केका ललितपुर, नुवाकोट, रसुवा र धादिङका १४ वटा सांस्कृतिक सम्पदा तथा अन्य नौ जिल्लाका १०३ वटा स्वास्थ्य केन्द्र पुनः निर्माणका लागि भारत सरकारले रु चार अर्ब बीस करोड अनुदान प्रदान गर्ने भएको छ ।
अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज यहाँ आयोजित एक सङ्क्षिप्त कार्यक्रममा यहाँस्थित भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अधिकारीले हस्ताक्षर गरेका छन् ।
भत्केका सांस्कृतिक सम्पदा तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रेका १०३ वटा स्वास्थ्य केन्द्र उक्त अनुदानबाट पुनःनिर्माण गरिनेछ । भारत सरकारको अनुदान सहयोगमा सात जिल्लामा ७१ वटा शैक्षिक परियोजना, २८ वटा सांस्कृतिक सम्पदाका साथै गोरखा र नुवाकोटमा ५०,००० वटा घर निर्माण भइरहेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५