बिहीबार, माघ ३, २०८१
00:57 | ०६:४२

बेलायतमा कोरोना संक्रमण अझ बढ्न सक्ने   

रासस -सिन्ह्वा सेप्टेम्बर ३, २०२१

लन्डन– बेलायतका शिक्षामन्त्रीले बालबालिका विद्यालय जान लागेकाले कोरोना संक्रमण दर अझ बढ्न सक्ने बताएका छन् । शिक्षामन्त्री ग्याबिन विलियम्सले सो कुरा बताएका हुन् ।

‘अहिले लन्डनमा केही मात्रामा संक्रमणको अवस्था घटेको भए पनि आगामी हप्ता यहाँका विद्यालय खुल्ने भएका छन्’, उनले भनेका छन्, ‘ती विद्यालय खुलेपछि सयौँ हजार बालबालिका विद्यालय जान्छन् जसबाट देशमा कोरोना भाइरस संक्रमणको दर बढ्नसक्ने देखिएको छ ।’

उनले विद्यालय खुला भएपछि ती सबै विद्यालयका शिक्षक, बालबालिका तथा अरु कर्मचारीलाई पनि स्वास्थ्य जाँच गर्न आग्रह गरिएको बताए ।

उनले थपे, ‘यसैकारण हामीले बढी भन्दा बढी बालबालिका तथा नागरिकलाई कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरि पहिलेका तुलनामा परीक्षणको कामलाई तीव्र बनाइएको छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू