शुक्रबार, मंसिर १४, २०८१
04:37
|
१०:२२
कोरोनाका कारण संसद् विघटन हुन्न: प्रधानमन्त्री सुगा
रासस-सिन्ह्वा
सेप्टेम्बर १, २०२१
टोकियो–जापानका प्रधानमन्त्री यासिहिदे सुगाले अहिले नै जापानको संसद्को तल्लोसभा हाउस अफ रिप्रेजेन्टेटिभ विघटन नहुने बताएका छन् ।
प्रधानमन्त्री सुगाले राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा सो जानकारी दिएका हुन् । जापानमा पछिल्लो समय कोभिड–१९ संक्रमण बढ्दै गएका कारण राजनीतिक दल र नागरिकले पनि सरकारको विरोध गर्ने गरेका छन् ।
यहाँका विभिन्न विपक्षी राजनीतिक दलले यही कारणले संसद् विघटन पनि हुनसक्ने बताएका थिए । दलको यही आशंकाबीच प्रधानमन्त्री सुगाले संसद् विघटनको कार्यक्रम नरहेको स्पष्ट पारेका हुन् ।
उनले अहिले नै संसद् विघटन नहुने र प्रतिनिधिसभाको निर्वाचन पूर्वनिर्धारित समयतालिका बमोजिम नै हुने पनि जानकारी दिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ