आइतबार, माघ ६, २०८१
09:04 | १४:४९

सगुनले प्रवासका संस्थासंग सहकार्य गर्ने, मिनी आइपिओमा लगानी अवसर मंगलबार सकिंदै

नेपाली लिङ्क अगस्ट ३१, २०२१

वाशिंगटन डीसी । नेपालीले अमेरिकामा स्थापना गरेको सामाजिक संजालमा आधारित इ-कमर्स कम्पनी ‘सगुन’ ले प्रवासका नेपाली संघ संस्थासँग सहकार्य गर्ने भएको छ ।

सगुनले विश्वव्यापी नेपाली संघसंस्थाका प्रतिनिधिहरूसँग भर्चुअल अन्तर्क्रिया गर्दै उक्त जानकारी दिएको हो  ।

अन्तर्कियामा गैरआवासीय नेपाली संघका विभिन्न मुलुकमा रहेका नवनिर्वाचित पदाधिकारीहरु, प्रतिनिधिहरूको सहभागिता थियो ।

त्यस अवसरमा सगुनका ससंस्थापक कबिन सिटौलाले सगुनले कम्पनीको विस्तारसँगै प्रवासी नेपाली समुदायको पनि सेवा गर्ने उद्देश्यले सगुन फाउन्डेशन स्थापना गरेको बताए । सगुन फाउन्डेशनले समुदायलाई प्रत्यक्ष लाभ हुने खालका गतिविधिमा सामाजिक संघ संस्थासँग मिलेर काम गर्ने बताउँदै सिटौलाले नेपालमा कल्याणकारी परियोजनाहरु संचालन गर्दा सहकार्य गर्ने उद्देश्यले सगुनले गैआवासीय नेपाली संघ (एनआरएनए) सँग एउटा समझदारी पत्रमा हस्ताक्षरसमेत भइसकेको जानकारी दिए । समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कामका लागि प्रवासमा रहेका सबै नेपाली संघसँस्थाहरूसँग सगुनले यस्ता सहकार्य गर्दै जाने नीति लिएको सिटौलाले बताए ।  

सगुन फाउन्डेशनका अध्यक्ष तथा सगुनका ग्लोबल कोअर्डिनेटर सूर्य गुरुङले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत डायसपोरामा रहेका नेपाली संघसंस्थालाई र विश्व सामाजिक कल्याणकारी कार्यमा सहयोग गर्नु पर्छ भन्ने उद्देश्यले सगुनले १० लाख डलर बराबरको शेयर छुट्याएर सगुन फाउन्डेशनको स्थापना गरेको जानकारी दिए । अध्यक्ष गुरुङले सगुन सबै नेपाली समुदायले अपनत्व गर्न सक्ने कम्पनी भएको बताउँदै सगुनलाई सबैको साथ चाहिएकोले सहकार्य गर्न आह्वान गरे । उनले सगुन विस्तार हुँदै गएपछि नेपाली समुदायकै हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस अवशरमा सगुनका टेकनिकल प्रोडक्ट कोअर्डिनेटर युवा सेडाईंले सगुनले आफ्ना प्रोडक्टहरूको लाइव डेमो गरेर संस्थाका प्रतिनिधिहरूलाई देखाउनुको साथै नवीनतम फिचरहरु चाडैं सार्बजनिक गर्न लागेको जानकारी गराए ।

त्यस्तैगरी सगुनका प्रोजेक्ट कोअर्डिनेटर डा. हरि दाहालले सगुनले “सगुन आइडिया ल्याब” विकास गर्ने योजना बनाएको जानकारी दिए । जसअनुसार सगुन जस्ता नयाँ र फरक खालको आइडिया लिएर आउने व्यक्ति वा संस्थाहरूलाई आफ्नो श्रोत अनुसार भविष्यमा सहयोग र सहकार्य गर्ने डा. दाहालले प्रतिवद्धता जनाए ।

सगुनका ग्लोबल फन्ड रेजिङ कोअर्डिनेटर तथा अस्ट्रेलिया कोअर्डिनेटर खेमराज पंगेनीले सगुन प्रगतिपथमा जोडतोडका साथ अगाडि बढिरहेको बताए । सगुनले एकजमपलर कम्पनीसँग सहकार्य शुरू गरेको जानकारी दिँदै पंगेनीले अब सगुनले मिनी आइपिओ निस्कासन बन्द गर्न लागेको बताए । उक्त अवसरमा वित्त विश्लेषक एवम् सगुनका सल्लाहकार बोर्डका अध्यक्ष झकेन्द्र शर्माले सगूनको आर्थिक़ अवस्था मजबूत रहेको जानकारी गराउँदै भावी योजनाको मार्ग चित्र प्रस्तुत गरेका थिए । उनले भर्चुअल अन्तर्कियाका सहभागीहरुका जिज्ञासाको समाधानसमेत गरेका थिए ।

सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालय छन्। सगुनको  प्ल्याटफर्ममा प्रयोगकर्ताहरुले आफ्नो कथा, फोटो र भिडियोहरू शेयर गर्न सक्छन् । आफ्ना साथीहरुसँग कुराकानी गर्छन् । यसरी सगुनको एपमा सक्रिय भएर विभिन्न गतिविधि गर्दा स्मार्ट क्वाइन प्राप्त गर्न सकिन्छ । ‘स्मार्ट क्वाइन’ परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्न सकिन्छ । सगुन एपलाई गुगल प्लेस्टोर र एप स्टोरमा गएर सजिलै डाउनलोड गर्न सकिन्छ ।

प्रयोगकर्ताहरुले अहिलेसम्म १ अर्ब ७० करोडभन्दा बढी स्मार्ट क्वोइन आर्जन गरिसकेका छन् । जसमध्ये ५३ करोड ३० लाख स्मार्ट क्वोइन परिवार तथा साथीहरुलाई उपहार दिन र किनमेल गर्न खर्च भएको छ । सगुनले  हालसम्म सगुन स्टोरी, न्युज हेड लाइन्स, मुड टक, सोसियल स्मार्ट कार्ड बजारमा ल्याइसकेको छ । अब चाडै शपिंग तथा भ्वाइस स्टोरी  फिचरहरु पनि बजारमा ल्याउन लागेको कम्पनीले जनाएको छ ।

यसैबीच सगुनले अमेरिकामा  रेग ए प्लस (मिनी आइपिओ) अन्तर्गत उपलब्ध गराइएका शेयरहरु ३१ अगष्ट २०२१ (न्यूयोर्क समय मध्य रात १२ बजेसम्म)  खरीद गर्न सकिने जानकारी गराएको छ। इच्छुक लगानीकर्ताहरुले ‘सी क्लासको शेयर, प्रति शेयर ३० डलरको दरले कम्तीमा ९०० डलरको शेयर खरिद गर्न सक्नेछन् । गत जुलाई अन्त्यसम्ममा संसारभरिका ४,५०० भन्दा बढी लगानीकर्ताले सगुनको शेयरहरु किनेका छन्।

रेग ए प्लस (मिनी आइपिओ) स्वीकृत भएका कम्पनीहरुमा विश्वभरिका लगानीकर्ताहरुले शेयर खरिद गर्न सक्छन्। सगुनले संसारका धेरै मुलुकहरुलाई यो अवसर दिंदै आएको छ । अब सर्वसाधारणले लगानी गर्न पाउने अवसर छिट्टै बन्द गर्दै छ । नेपालको कानुन अनुसार नेपालभित्र बसोबास गर्ने नेपालीहरुले शेयर खरिद गर्न पाउँदैनन् । नेपालबाहिर रहेका गैर आवासीय नेपालीहरुलगायत अन्य देशका नागरिकहरूले भने सगुनको शेयर किन्न सक्नेछन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू