बिहीबार, माघ ३, २०८१
00:49 | ०६:३४

एक्लोपन हटाउन भूपू गोर्खाहरुसंग भेटघाट

नेपाली लिङ्क अगस्ट ३०, २०२१

लन्डन । कम्युनिटिज् एन नेचर (क्यान) इन्टरनेशनल र स्याङ्जा समाज यूकेले भूपू गोर्खाहरुसंग साउथ ह्यारोमा भेटघाट कार्यक्रम गरेका छन् ।

भूपू गोर्खाहरुलाई एक्लोपनबाट मुक्त गर्ने मुख्य उद्देश्य अनुरुप भेला आयोजना गरिएको (क्यान) इन्टरनेशनलका निर्देशक डा. बलराम ढकालले बताए ।

संस्थाले स्थापना भएसंगै विभिन्न कल्याणकारी तथा सामाजिक कार्यक्रम गर्दै आएको पनि ढकालले जानकारी दिए । उपस्थित भएका भूपू गोर्खाहरुका अन्य समस्या विषयमा पनि उनले जिज्ञासा राखेका थिए ।

त्यस्तै क्यानका सभापति गोविन्द बेल्वासेले भने- ‘हामी मान्छेहरु सबै विषयमा पूर्ण नहुने भएकाले सामाजिक भेटघाट गरी एक अर्काबीच जानकारीमुलक सूचना आदान प्रदान गर्दै अघि बढ्न जरुरी छ । मानिसहरुलाई विभिन्न समस्याका कारण एक्लोपनले सताउने गर्छ ।’

अझ धेरै वृद्ध अवस्थामा शारिरीक समस्याका कारण पनि असामाजिक हुंदै जान सक्ने भएकाले क्यानले सामाजिक भेटघाट कार्यक्रम गर्दै आइरहेको उनले बताए ।

कार्यक्रममा एनआरएनए बेलायतका पूर्व उपाध्यक्ष थर्क सेन, ब्यवसायी कमल पौड्याल, स्याङजा समाज बेलायतका अध्यक्ष शारदा गुरुङ, भूपू गोर्खा सैनिकहरु डेभिड गुरुङ, उदानबहादुर राई, ज्ञान वहादुर राईको उपस्थिति थियो ।

भूपू गोर्खा सैनिकहरु उल्लेख्य उपस्थित रहेको उक्त भेलाले आउंदो १८ सेप्टेम्बर २०२१ दिन सामुद्रिक किनारमा घुम्न जाने निणर्य पनि गरेको छ ।

भूपू गोर्खा सैनिक र परिवारलाई निशुल्क घुम्न लैजाने कार्यक्रम राखिएको जानकारी डेभिड गुरुङले दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू