बिहीबार, माघ ३, २०८१
23:47 | ०५:३२

बेलायतमा ‘हार्ट अट्याक’ का कारण बिते नेपाली सेफ

नेपाली लिङ्क अगस्ट २७, २०२१

लन्डन । केही वर्ष यता बेलायतको नोटिङघम बसोवास गर्दै आएका नेपाली सेफ अन्न प्रसाद (बिनोद) गैरेको ह्रदयघात (हार्ट अट्याक) का कारण ५७ वर्षको उमेरमा मृत्यु भएको छ ।

गत २२ अगष्ट २०२१ का दिन अचानक ह्रदयघात भई कुइन्स हस्पिटलमा उपचारकै क्रममा गैरेको निधन भएको नेपाली समाज नोटिङघमका संस्थापक तथा एनआरएनए अभियन्ता रणबहादुर केसीले जानकारी दिए ।

स्याङ्जा वालिङ नगरपालिका १३ डुम्री स्वारा स्थायी घर भई काठमाण्डौं सितापाइला हुंदै हाल नोटिङ्गममा श्रीमति मथुरा र छोरा विक्रमसहित बसोवास 
गर्दै आएका उनी पेशाले सेफ थिए । उनको एक छोरी, नाति र बुबा नेपालमै छन् । उनको छोराको बिहेका लागि ‘इन्गेजमेन्ट’ समेत भएको थियो ।

नेपाली समाज नोटिङघम इष्टमिडल्याण्डका आजीवन सदस्य तथा साझा नेपाली समाज यूकेका सदस्य गैरेको आज शुक्रबार अन्त्येष्टी समेत गरिएको केसीले जनाए । ‘आज उहांलाई अन्तिम विदाइ र श्रद्धाञ्जलि अर्पण गर्दै गर्दा यो मन सारहै विचलित भयो’, केसीले भने, ‘उहां स्वास्थ्य नै हुनुहुन्थ्यो । अब हामीबीच हुनुहुन्न भन्दा पत्याउन सकिरहेको छैन् ।’

सन् १९९८ तिर बेलायत आएका गैरे झण्डै ६ वर्षदेखि नोटिङघममा स्थायी बसोवास गर्न थालेको केसीले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू