आइतबार, माघ ६, २०८१
23:56 | ०५:४१

नेपालमा थप दुई हजार ६५ मा कोरोना संक्रमण पुष्टि  

एकैदिन एक लाख ७९ हजार ८६५ ले लगाए खोप

रासस अगस्ट २७, २०२१

काठमाडौँ । आज एकै दिन दुई हजार ६५ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा १३ हजार ११७ जनामा परीक्षण गर्दा दुई हजार ६५ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमित ३७ हजार ५९९ रहेका छन् । त्यस्तै ५०० भन्दा बढी संक्रमण भएका जिल्ला २० रहेका छन् । सो अवधिमा एक हजार ३३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म सात लाख आठ हजार २३० निको भई घर फर्किएका हुन् । संक्रमणबाट विगत २४ घण्टामा २५ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ६६३ को संक्रमणबाट निधन भएको छ ।

नेपालमा प्रतिदश लाखमा ३५९.४ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ । यस्तै ६२२ सघन उपचार कक्ष (आइसियु), १७१ भेन्टिलेटर, ३४ हजार ६७३ होम आइसोलेसन, दुई हजार ९२३ संस्थागत आइसोलेसन र ३३७ सङ्क्रमित क्वारेन्टिनमा छन् । एकैदिन आज एक लाख ७९ हजार ८६५ ले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

अहिलेसम्म ५० लाख ६३ हजार ५२२ ले पहिलो मात्राको खोप र ४० लाख ५२ हजार ७६५ जनाले पूर्णमात्राको खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू