प्रधानन्यायाधीश जबरा संवैधानिक परिषद्को सुनुवाइबाट बाहिरिए
काठमाडौँ । प्रधानन्यायाधीश चोलन्द्रशम्शेर जबरा संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्न माग गर्दै परेको रिट निवेदनको सुनुवाइमा नबस्ने भएका छन् ।
प्रधानन्यायाधीश जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट विपक्षी बनाइएको मुद्दामा प्रधानन्यायाधीश बस्न नमिल्ने भन्ने प्रश्न उठेपछि उनले नबस्ने निर्णय गरेका हुन् ।
सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलका अनुसार प्रधानन्यायाधीश राणा उक्त विवादको प्रारम्भिक सुनुवाइ र अन्तिम सुनुवाइका दिन सहजताका लागि बिदामा बस्नेछन् ।
संविधानबमोजिम संवैधानिक इजलास प्रधानन्यायाधीशकै नेतृत्वमा गठन हुने भए पनि संवैधानिक परिषद्ले गरेका नियुक्ति बदर गर्ने मागको विवादमा प्रश्न उठेपछि उनी इजलासबाट बाहिरिएका हुन् । उक्त मुद्दाको पेशी अर्को शुक्रबारका लागि तोकिएको छ ।
गत मङ्सिर ३० गते र त्यसपछि जारी भएका अध्यादेशविरुद्ध संवैधानिक इजलास प्रारम्भ हुनेबित्तिकै वरिष्ठ अधिवक्ता शम्भु थापा, दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशले उक्त विवादमा सुनुवाइ गर्न नमिल्ने भनी प्रश्न उठाएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५