आइतबार, माघ ६, २०८१
00:17 | ०६:०२

एकैदिन दुई हजार ४३३ जनामा संक्रमण

रासस अगस्ट २६, २०२१

ललितपुरको ग्वार्कोस्थित प्रभात माध्यमिक विद्यालयमा बिहीबार कोभिड बिरुद्वको खोप लगाउन लामबद्व सर्वसाधारण । तस्वीर-रासस

काठमाडौं । कोरोना भाइरसको संक्रमण आज एकैदिन दुई हजार ४३३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १४ हजार ३७४ जनामा परीक्षण गर्दा दुई हजार ४३३ जनामा संक्रमण देखिएको हो ।

सक्रिय सङ्क्रमित ३८ हजार ३८४ जना रहेका छन् । यस्तै सङ्क्रमणबाट आज एक हजार ९२९ जना निको भएका छन् । अहिलेसम्म सात लाख पाँच हजार ८९३ जना निको भइसकेका तथ्याङ्कमा उल्लेख छ । नेपालमा निको हुने दर ९३.५ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट विगत २४ घण्टामा २६ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ६३८ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३५८.५ जनाको संक्रमणका कारणले निधन हुने गरेको छ ।

यस्तै ६२० जना सघन उपचार कक्ष, १६५ जना भेन्टिलेटर, ३५ हजार ३५४ जना होम आइसोलेसन, तीन हजार ३० जना संस्थागत आइसोलेसन र ३६६ जना क्वारेन्टिनमा छन् । नेपालमा संक्रमणको दर १९.५ प्रतिशत छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू