बेलायतमा पुरुषहरूको तुलनामा महिलालाई ७३ प्रतिशत कम भुक्तानी
लन्डन, ७ भदौ–बेलायतको चर्चित कम्पनीका महिला निर्देशकहरुले आफ्ना पुरुष समकक्षीको तुलनामा झण्डै तीन चौथाई भुक्तानी कम पाउने गरेका सोमबार सार्बजनिक एक अध्ययनले देखाएको छ ।
न्यू स्ट्रीट कन्सल्टिङ ग्रुप (एनएससीजी) को अनुसन्धानअनुसार लण्डनको अनुक्रमणिकामा सूचीबद्ध कम्पनीहरूमध्ये एक महिला निर्देशकले प्रति वर्ष औसत दुई लाख ३७ हजार पाउण्ड कमाउंछन् ।
यो कुरा एफटीएसई १०० व्यवसाय क्षेत्रका पुरुष निर्देशकहरूले कमाएको औसत आठ लाख ७५ हजार ९०० पाउण्डभन्दा झन्डै ७३ प्रतिशत कम छ ।
वेतन भुक्तानीको यो अन्तर बेलायतका बांकी रोजगार बजारभन्दा पनि धेरै छ ।
बेलायतका पुरुषहरूले महिलाहरूको तुलनामा औसत १५.५ प्रतिशत बढी कमाउंछन् भन्ने कुरा यहांको राष्ट्रिय तथ्यांक कार्यालयले हालै प्रकाशित गरेको आधिकारिक तथ्यांकले पुष्टि गर्छ । तथापि, बोर्डरूमको तलब पुरुषहरूप्रति कम हुन्छ किनभने महिलाहरूले निर्देशकको भूमिका एकदमै कम गर्छन् ।
पुरुषहरूले मुख्य कार्यकारी तथा मुख्य वित्तीय अधिकारीजस्ता उच्च पद धारण गर्ने सम्भावना धेरै हुन्छ ।
अध्ययन लेखक तथा एनएससीजी निर्देशक क्लेयर कार्टरले भने, “धेरै महिलाहरूलाई बोर्डमा ल्याउन निकै प्रगति गरिएको भए पनि यस अनुसन्धानले अझ धेरै गर्नुपर्ने कुरा देखाउँछ ।”
उनले अगाडि थपे, “समानताको कुरा गर्ने प्रयास गर्दा मात्रै महिला निर्देशकको प्रतिशतमा मा मात्रै ध्यान दिनु पर्याप्त छैन् ।”