बिहीबार, माघ ३, २०८१
00:15 | ०६:००

जिगेसामा चुनियो नयाँ कार्यसमिति, अध्यक्षमा हरिकुमार मल्ल

नेपाली लिङ्क अगस्ट २३, २०२१

लन्डन । ग्रीनवीच गोर्खा एक्स सर्भिसमेन एशोसिएसन (जिगेसा) मा नयाँ नेतृत्व आएको छ । आइतबार जिगेसा हल प्लमस्टिडमा सम्पन्न संस्थाको छैठौं अधिवेशनले हरिकुमार मल्लको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष खुमबहादुर गुरुङ तथा उपाध्यक्ष हिराप्रसाद गुरुङ, रामकुमारी गुरुङ र विष्णुमाया गुरुङ निर्वाचित भएका छन् । त्यसैगरी, महासचिव गमबहादुर गुरुङ, कोषाध्यक्ष क्याप्टेन हरिबहादुर लिम्बू तथा सहकोषाध्यक्ष लालबहादुर राना र काजिमान गुरुङ चुनिएका छन् ।

कार्यसमिति सदस्यहरुमा टेकबहादुर थापा, दिलबहादुर आले, चन्द्रकला गुरुङ, दूतकाशी गुरुङ, हर्कमाया लिम्बू, मनमाया लिम्बू, सुकमाया गुरुङ, रुपा सेन, दिलधरा गुरुङ, सिरीमाया गुरुङ, भगवती थापा, राजकुमारी गुरुङ, रुक्मणि सुब्बा, धुपमाया राई, बुद्धिमति लिम्बू, नरपता गुरुङ र दीलकुमारी गुरुङ चयन भएका छन् ।

संस्थाको सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्व अध्यक्ष लिलादेवी गुरुङ, शान्तवीर गुरुङ, देविमाया पुन र हस्तबहादुर लिम्बूलाई चुनिएको छ ।

नयाँ कार्यसमिति चयन प्रक्रिया केशबहादुर गुरुङ, लिलादेवी गुरुङ, बिसन थापा, लालबहादुर थापा र केशबरबहादुर चन्द सदस्य रहेको निर्वाचन समितिले सञ्चालन गरेको थियो । नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ ।

संस्थाको नेतृत्व सम्हाल्दै गरेका नवनिर्वाचित अध्यक्ष मल्ल यसअघि तीन कार्यकालसम्म महासचिवको भूमिकामा थिए ।

उनले आफ्नो कार्यकालमा संस्थाका सदस्यहरुको लागि अंग्रेजी कक्षा सञ्चालन गर्ने, दोभाषे व्यवस्था गर्ने, घुलमिल तथा मनोरञ्जनका लागि समर भिजिट कार्यक्रम गराउने, सबै धर्म, संस्कृतिबीचको एकता बढाउने कार्यक्रम गर्ने लगायत योजना रहेको बताएका छन् ।

ग्रीनवीच क्षेत्रमा बसोबास गर्ने पूर्व गोर्खा र उनीहरुका श्रीमतीहरुसंगै जिगेसामा करिब १४ सय सदस्य छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू