बिहीबार, माघ ३, २०८१
22:04 | ०३:४९

बीसीसी यूकेद्वारा बालबालिकाका लागि ३ दिने समर क्याम्प

नेपाली लिङ्क अगस्ट २१, २०२१


लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले ३ दिने चिल्ड्रेन समर क्याम्प सञ्चालन गरेको छ । गत १८, १९ र २० अगष्टका दिन बीसीसी यूकेको अल्डरसटस्थित बौद्ध गुम्बा परिसरमा चिल्ड्रेन समर क्याम्प सञ्चालन भएको हो ।

विशेष गरी बेलायतमा रहेका नेपाली बालबालिकालाई बुद्धिजम, मेडिटेशन, योगा, दैनिक पूजापाठ, सामबुटा लिपी लगायत विषयमा जानकारी गराउने उद्देश्यका साथ उक्त क्याम्प सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।

२७ बालबालिकाले भाग लिएको उक्त समर क्याम्पमा बीसीसी यूकेका धर्मगुरु खेन्पो कुन्ख्याप, से नाम्खा, काल्साङ्ग गुरु, लामा रिग्जेन, शारदा, अमोस, लारीलगायतले बालबालिकालाई विभिन्न विषयमा जानकारी गराएका थिए ।

यसैबीच बीसीसी यूकेका सल्लाहकार एवं उक्त समर क्याम्पका संयोजक मेजर खुशीमान गुरुङले आफ्ना नानीहरुलाई कार्यक्रममा सहभागी गराइदिएकामा सम्पूर्ण अभिभावकप्रति आभार व्यक्त गरेका छन् ।

त्यस्तै, उक्त कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका धर्मगुरुहरु, कार्यसमिति, आमाहरु, गुम्बा स्टाफ, सहभागी बालबालिकाहरु लगायतलाई समेत उनले धन्यवाद दिए ।

बीसीसी यूकेले उक्त ३ दिने समर क्याम्प सञ्चालनबाट धेरै बालबालिकाले बौद्ध दर्शन, मेडिटेशन, योगा लगायतको विषयमा जानकारी प्राप्त गरेको विश्वास व्यक्त गर्दै अब छिट्टै प्रत्येक आइतबार नियमित रुपमा करिब २ घण्टा बालबालिकालाई बौद्ध दर्शनसंग सम्बन्धित कक्षा सञ्चालन गर्ने जानकारी गराएको छ ।

उक्त समर क्याम्पमा बालबालिकाहरुलाई मनोरञ्जनात्मक खेलसंगसंगै भोजन समेत प्रवन्ध गरिएको थियो । –पूर्ण गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू