सोमबार, फागुन १२, २०८१
तिम्रो मायाजाल


कविता खड्का (बिष्ट)
अगस्ट १९, २०२१

कविता खड्का (बिष्ट)
तिम्रो गल्ली आइनपुग्दै
पाइला त्यसै लरबराइदिन्छन्
राती कल्पना गर्दै सुत्दा
ओठले तिम्रै नाम बर्बराइदिन्छन्
हारेको कर्म मेरो, बेलाबखत
तिम्रै अगाडि उभ्याइदिन्छ
बचेकुचेका आत्मसम्मान
तिम्रो पाउमा घोप्ट्याइदिन्छ
तिरस्कृत गरी छोडेको तिमीले
हिजो अस्ति जस्तै लाग्छ
आज झुक्किएर नजर जुद्धा
के के नै पाएँ जस्तो लाग्छ
धिक्कार छ त्यो बेलाको
१६ वर्षे जोवन लाग्छ
आज बंजारा झैं हुन पुगेको
अभिसप्त जीवन आफ्नो लाग्छ
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५