बिहीबार, माघ ३, २०८१
21:33 | ०३:१८

सत्याग्रही गोर्खाको बिग्रिंदो स्वास्थ्यबारे बेलायती प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपाली लिङ्क अगस्ट १८, २०२१


लन्डन । लन्डनमा आमरण अनसन बसेका पूर्व गोर्खाहरुको बिग्रिंदो स्वास्थ्य अवस्थाका बारेमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको ध्यानकर्षण गराइएको छ ।

नेप्लिज् डक्टर्स् एशोसिएसन यूकेले प्रधानमन्त्री जोन्सनलाई एक पत्र लेख्दै सत्याग्रही गोर्खाहरुको जोखिमपूर्ण स्वास्थ्य अवस्थालाई गम्भीर रुपमा लिन आग्रह गरेको छ ।  

एशोसिएसन अध्यक्ष कमल अर्यालले हस्ताक्षर गरेको पत्रमा अनसनकारी गोर्खाहरुको स्वास्थ्य अवस्था अहिले जोखिममा रहेकोप्रति प्रधानमन्त्री जोन्सनको ध्यानाकर्षण गराइएको छ । बिग्रिंदो स्वास्थ्य अवस्थाका कारण अनसनमा बसेका एक गोर्खालाई अस्पताल पुर्‍याउनु परेको समेत स्मरण गराइएको छ ।  

सत्याग्रहीहरुको स्वास्थ्यलाई थप बिग्रिन नदिन पूर्व गोर्खाहरुको पेन्सनसम्बन्धि मुद्धालाई शीघ्र समाधान गर्न समेत एशोसिएसनले माग गरेको छ ।

नेप्लिज् डक्टर्स् एशोसिएसन यूकेले बेलायती प्रधानमन्त्रीलाई पठाएको पत्र:

 

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू