तालिबानसँगको वार्ताकालागि गुल्बुद्दिन दोहा जाने तयारी
काबुल–अफगानिस्तानको सत्ता हस्तान्तरण प्रक्रियालाई शान्तिपूर्ण बनाउनका लागि गठन भएको समन्वयात्मक परिषदका सदस्यहरु तालिबानका नेतासँगको छलफलका लागि दोहा जाने भएका छन् ।
परिषदका सदस्य इस्लामिक पार्टीका नेता गुल्बुद्दिन हेक्मात्यारले मंगलबार आफूहरु दोहा जान लागेको अल जजिराले जनाएको छ ।
राष्ट्रपति अशरफ गनी देश छाडेर गएपछि पूर्व राष्ट्रपति हामिद कारजाईको अगुवाईमा तालिबानसँगको शान्ति वार्ताको नेतृत्व गरेको राजनीतिज्ञ अब्दुल्लाह अब्दुल्लाह र गुल्बुद्दिन हेक्मात्यार रहेको परिषद गठन भएको हो । राष्ट्रपति गनीले देश छोडेर ठूलो खाडल सिर्जना गरेको कारजाइले बताए ।
राष्ट्रपति गनीले देश छोडेको थाहा पाउने बित्तिकै आफूले पूर्व नेताहरुसँग छलफल गरेको र अव्यवस्था आउन नदिनका लागि के गर्न सकिन्छ भन्नेबारेमा कुरा गरिएको उनले उल्लेख गरे ।
आइतबार तालिबानले अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेको थियो । अफगानिस्तानमा २० वर्षपछि तालिबान समूहको सत्तामा फर्किँदै छ ।
अमेरिकाले आफ्ना सैनिक पूर्ण रुपमा फिर्ता लैजाने निर्णय गरि सो अनुसार प्रक्रिया थालेको डेढ महिना भित्रै तालिबानले अफगान देशमा आफ्नो नियन्त्रण कायम गरेको हो ।
आइतबार बेलुका तालिबान लडाकु राष्ट्रपति कार्यालयमा गएका थिए । तालिबानले नागरिकको ज्यानमा जोखिम नरहेको बताए पनि त्रास अत्यधिक मात्रामा बढेको छ ।
विशेषगरि महिलाको अधिकारका क्षेत्रमा भएको प्रगति पुनः कमजोर बन्ने भन्दै चासो र चिन्ता व्यक्त गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५