बिहीबार, माघ ३, २०८१
20:54 | ०२:३९

गोर्खाको अनसनमा सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको पनि समर्थन

नेपाली लिङ्क अगस्ट १५, २०२१

लन्डन–गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्ताहरुको जारी आमरण अनसनप्रति देश तथा विदेशबाट समर्थन र ऐक्यवद्धता आउने क्रम जारी छ ।  

बेलायतमा रहेको नेपाली समुदायका प्रतिनिधिहरु पनि अनसनस्थल पुगेर आफ्नो समर्थन जनाइरहेका छन् ।

यसैबीच सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेका पदाधिकारीहरु पनि शनिबार डाउनिङ स्ट्रिट पुगेर अनसनकारी गोर्खा अभियन्ताहरुप्रति ऐक्यवद्धता जनाएका छन् ।  

सोसाइटीका अध्यक्ष माधव पराजुलीसहितका प्रतिनिधिहरु अनसनस्थल पुगेका थिए ।

सोसाइटीले शनिबार नै एक वक्तव्य जारी गर्दै गोर्खाहरुको समान अधिकारको मागप्रति समर्थन र ऐक्यवद्धता जनाएको छ ।  

गोर्खाहरुप्रति हुँदै आएको अन्यायको भर्त्सना गर्दै उनीहरुको माग पूरा गर्न सोसाइटीले माग गरेको छ ।  

वक्तव्य-

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू