बिहीबार, माघ ३, २०८१
20:59 | ०२:४४

विदेशी नागरिकता लिनेहरु जनसम्पर्क समितिको अध्यक्ष र महाधिवेशन प्रतिनिधि बन्न नपाउने

नेपाली लिङ्क अगस्ट १५, २०२१

लन्डन । नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क  समितिसम्वन्धि महत्वपूर्ण निर्णय गरेको छ ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानिकलण्ठमा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समितिको अध्यक्ष र  नेपाली जनसम्पर्क समितिबाट पार्टीको महाधिवेशन प्रतिनिधि हुन नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको नेपाली नागरिक हुनुपर्ने स्पष्ट पारेको छ । 

अहिलेसम्म देखिएको अन्यौल चिर्दै पार्टी विधान एवं नियमावली अनुसार गरिएको यो निर्णयले विदेशी नागरिकता लिएका नेपाली  जनसम्पर्क समितिका पदाधिकारीहरू एवं क्रियाशिल सदस्यहरू नेपाली कांग्रेसको आगामी १४ औ महाअधिवेशनमा प्रतिनिधिको रूपमा भाग लिन पाउने छैनन् ।

यसले बेलायत, अमेरिका जस्ता देशमा रहेका जनसम्पर्क समितिमा लामो समयसम्म काम गरेका कार्यकर्तालाई प्रत्यक्ष असर पर्ने देखिन्छ ।

पार्टीको हिजोको निर्णयले नेपाली जनसम्पर्क  समितिको कार्यसमिति अध्यक्ष र महाअधिवेशन प्रतिनिधिका लागि क्रियाशिल  सदस्य लिएको नेपाली नागरिक हुनुपर्ने अनिवार्य निर्णय गरेपनि कार्यसमितिको अन्य पदाधिकारी र  जनसम्पर्क समितको सदस्यता लिनका लागि नेपाली नागरिकता हुनै पर्ने किटान नगरेकोले सदस्यता लिने प्रावधान खुकुलो बनाएको देखिएको नेपाली जनसम्पर्क  समितिका महामन्त्री केशव भण्डारी बताउंछन् ।

शनिबारकै बैठकले यही भदौ १६ देखि सुरू हुने भनेको १४औं महाअधिवेशनको समय तालिका परिवर्तन गरी मंसीर ९ देखि १३ सम्म गर्ने निर्णय गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू