बिहीबार, माघ ३, २०८१
20:59 | ०२:४४

लन्डनमा नेपाली मेलाको तयारी धमाधम, राजदूत सम्मानित

नेपाली लिङ्क अगस्ट १५, २०२१


लन्डन । तमुधिं यूकेले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई स्वागत तथा सम्मान गरेको छ । तमुधिं भवन मिचेटमा शनिबार आयोजित समारोहमा राजदूत रेग्मीलाई तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङले भाङग्रा, फेटा र पुष्पगुच्छाबाट सम्मान गरेका हुन् । सो अवसरमा राजदूत रेग्मीलाई पाइपर धुनबाट स्वागत गरिएको थियो ।
राजदूत रेग्मीले आफ्नो सम्मान गरेकामा धन्यवाद दिंदै तमुधिं यूकेसंग दूतावासको सहकार्य निरन्तर रहने बताए । अध्यक्ष गुरुङले तमुधिं र राजदूतावासको संयोजनम नेपालमा कला संस्कृति जगेर्ना, संग्रहालय निर्माण, व्यापार प्रवर्धन, महिलाहरुको वृत्तिविकासमा जोड, दुर्गमा क्षेत्रमा अवस्थित विद्यालयमा सहयोग गर्ने संस्थाको सोच रहेको बताए । ति योजनामा सहयोग गर्ने राजदूतको प्रतिवद्धता थियो ।

महासचिव पर्शु गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य दिएका थिए ।

सो अवसरमा हालै सम्पन्न गोर्खा कप भव्य रुपमा सफल गर्न सहयोग गर्ने तमुधिं लण्डन इकाई र अध्यक्ष विष्णु गुरुङ, उपाध्यक्ष भरत गुरुङ, पूर्व अध्यक्ष चन्द्रबहादुर गुरुङ, सल्लाहकार ललितमान गुरुङ, आमा समूह, गोर्खा कप संयोजक क्याप्टेन देव घले, मुख्य प्रवेशद्वारमा सहयोग गर्ने दक्षिण पूर्व लण्डन इकाई एवं अध्यक्ष हयारी गुरुङलाई खाता र फेताले सम्मान गरियो ।

तमुधिं यूके आमा समूहका तर्फबाट अध्यक्ष हितकाजी र श्रीमति सिता गुरुङलाई पनि खाता र भाङग्रा लगाएर बधाई तथा शुभकामना दिइएको थियो । सो अवसरमा गोर्खा कपमा नाच प्रस्तुत गरेका सम्पूर्ण कलाकार र सयपत्री ग्रुपलाई राजदूत रेग्मीले सम्मान गरेका थिए ।

सल्लाहकार र इकाई सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा सल्लाहकारहरुले लन्डन केम्पटन पार्कमा २९ अगष्टमा हुन लागेको ‘नेपाली मेला’ सफल बनाउन विभिन्न रचनात्मक सल्लाह सुभाव दिएका थिए ।

मेला संयोजक उपाध्यक्ष हरि गुरुङले नेपाली मेलाको सम्पूर्ण तयारी भइरहेकोबारे विस्तृत जानकारी दिए ।

मन्तव्यका क्रममा अध्यक्ष हितकाजी गुरुङले गोर्खा कप सफल पारिदिएकामा सबैलाई धन्यवाद दिंदै अगष्ट अन्तिममा हुन लागेको ‘नेपाली मेला’ मा सहभागी हुन निम्तो दिए ।

कार्यक्रममा सयपत्री कल्चरल सेन्टरले आकर्षक नाच प्रदर्शन गरेको थियो । –एसके गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू