बुधबार, वैशाख ३, २०८२
नायक ध्रुब दत्त अभिनित चलचित्र ‘उल्झन’ अब युट्युबमा


नेपाली लिङ्क
अगस्ट १४, २०२१
लन्डन । विदेशिएका युवाको भोगाई र घर परिवार तथा त्यसबाट समाजमा पर्ने प्रभावको सेरोफेरोलाई मध्यनजर गरेर निर्माण गरिएको नेपाली चलचित्र ‘उल्झन’ अब युट्युबमा पनि हेर्न सकिने भएको छ ।
चलचित्रमा ध्रुब दत्त, रजनी केसी, बेनी ढुङ्गाना, दिनेश शर्मा, रामचन्द्र अधिकारी लगायतका कलाकारहरुको अभिनय छ।
बेलायतवासी नायक ध्रुव दत्तले नेपाली चलचित्र, म्यूजिक भिडियो, शर्ट मुभी लगायत नाटकमा समेत राम्रो भूमिका निर्वाह गरिसकेका छन् । बेल्जियममा समेत छायांकन गरिएको चलचित्र उल्झनमा तेजेन्द्र कंडेलको प्रस्तुति र राजु अधिकारीको निर्देशन छ।
चलचित्रका निर्माताहरुमा नविन अधिकारी, सन्तोष अधिकारी र हरि कार्की छन् भने कार्यकारी निर्मातामा नारायण ढुङ्गाना छन्।
चलचित्र ‘उल्झन’ हेर्नुहोस्:
https://youtu.be/0PtQKOPkXes
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५