बिहीबार, माघ ३, २०८१
20:59 | ०२:४४

ब्रिटिश भेट्रान्सहरुले आमरण अनसनप्रति ऐक्यवद्धता जनाउँदै गरे विशाल प्रदर्शन

नेपाली लिङ्क अगस्ट १४, २०२१

लण्डन–ब्रिटिश भेट्रान्सहरुले गोर्खा आन्दोलनमा ऐक्यवद्धता जनाउँदै विशाल प्रदर्शन गरेका छन्।

विगत ८ दिन देखि आमरण अनसन बसिरहेका गोर्खाहरुलाई साथ दिंदै ब्रिटिश भेट्रान्सहरुले प्रदर्शन गरेका हुन् । 

सेन्ट्रल लण्डनको ट्राफलगर स्क्वायर देखि मार्चपास गर्दै भेट्रान्सहरु बेलायती प्रधानमन्त्री कार्यालय हुँदै संसद भवनसम्म पुगेका थिए । सो क्रममा गोर्खाहरुले एकै साथ ताली बजाएर धन्यवाद दिए ।  


ब्रिटिश भेट्रान्स र नागरिकहरुको साथले हामीलाई थप उर्जा मिलेको छ’ गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले भने ।

राईले आइतबार सत्याग्रहकै आव्हानमा प्रधानमन्त्री कार्यालय अगाडि प्रदर्शनको तयारी भएको पनि जनाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू