शुक्रबार, मंसिर १४, २०८१
08:38
|
१४:२३
टर्कीमा बाढीका कारण कम्तिमा २७ को मृत्यु
रासस-एएफपी
अगस्ट १३, २०२१
इस्तानबुल–टर्कीमा आएको बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ ।
देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
शुक्रबार रातभरिमा मृतकको सङ्ख्या १० बढेर २७ पुगेको प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरुले जनाएका छन् ।
बाढीमा परेर केही व्यक्ति अझै बेपत्ता रहेका र उनीहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको पनि समाचारमा जनाइएको छ ।
राष्ट्रपति रेसेप एड्रोगानले विनाशकारी बाढी पहिराको घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
टर्कीमा बेलाबेलामा यस्तै प्राकृतिक प्रकोपका घटनाहरु भइरहने गरेका छन् । साथै जलवायु प्रदूषणका कारण पनि यस्ता घटनाहरु संसारभरि नै बढेको विज्ञहरुले बताएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ